र्इयूको विरोध सरकारको अपरिपक्वताः उपेन्द्र यादव



रौतहट । युरोपियन युनियनले नेपालको आन्तरिक मामिलामा दख्खल दिएको भन्दै सरकारले जनाएको विरोधमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आपत्ती जनाउनु भएको छ ।

निर्वाचन परीवेक्षणका लागि आएको युरोपियन युनियनको टोलीले खस आर्यको आरक्षण खारेज गर्न सुझाएपछि परराष्ट्र मन्त्रालयले कडा विज्ञप्ति जारी गरेको थियो । सरकारको यो निर्णयको विरोधमा फोरमका अध्यक्ष यादवले आफूहरुले पनि पहिल्यै शासक समुदायलाई आरक्षण दिन नहुने भनेको उल्लेख गर्नुहुँदै खस, आर्यको आरक्षण कोटामा युरोपियन युुनियनले दिएको सुभाव प्रति सरकारले विरोध जनाउनु अपरिपक्वता र गैरजिम्मेवारीपन भएको बताउनु भएको छ ।

फोरम अध्यक्ष यादवले भन्नुभयो, ‘आफ्नो पक्षमा बोल्दा वाहवाही दिने र विपक्षमा बोल्दा परराष्ट्र मन्त्रालयले विज्ञप्ती नै निकाल्नु देशको कमजोर परराष्ट्र नीति देखाउँछ, यसले सरकारको हतास मानसिकतालाई प्रष्ट्याएको छ ।’ उहाँले पुनः थप्नुभयो,‘ यो सरकारको अपरिपक्व निर्णय हो, विगत देखि हामिले पनि खस, आर्यलाई आरक्षण कोटामा नसमेट्न सुझाईरहेका थियौ ।’

युरोपियन युनियनलाई खबरदारी गर्दै नेपालले जारी गरेको बुधवारको विज्ञप्तिलाई अहिलेसम्मकै कडा भनेर कूटनीतिक क्षेत्रका जानकारले टिप्पणी गरिरहेकै बेला फोेरका अध्यक्ष यादवको यस्तो चेतावनी आएको हो । अध्यक्ष यादवले राष्ट्रको हित र स्थायी सरकार निर्माणका साथै आर्थिक समृद्धिमा जोड दिनु अहिले आवश्यकता रहेको औल्याउँदै सरकार गठन भएको केही दिनमै हलचल पैदा हुँने खाले टिप्पणी, अभिव्यक्तिले सरकारलाई नै कमजोर तुल्याउने दाबी गर्नुभयो ।

रौतहटमा शुक्रबार आयोजित कार्यक्रममा बोल्नुहुँदै फोरमका अध्यक्ष यादवले देशमा आर्थिक क्रान्तिको आधार तय गर्दै शिक्षामा आमुल परिवर्तनको अवधारणा अघि सानुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्