न्यायिक क्षेत्रमा हरेकको सम्पत्ति सार्वजनिक हुनुपर्छ



काठमाडौं, (नेस)
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले खरीदारदेखि प्रधानन्यायाधीशसम्मकै सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो– ‘सरकारी कर्मचारी सबै समान हैसियतका भएकाले सम्पत्ति सार्वजनिक गर्ने गरी ऐन संशोधन गरिनेछ।’ ‘सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउन कसैको कुरा सुनेर पछि हट्दिनँ’, मन्त्री तामाङले भन्नुभयो– ‘कानुन बनाउँदा दबाब आए पनि थेग्न सक्छु।’

न्यायपालिकामाथि हस्तक्षेप बढ्न नदिने दाबी गर्दै उहाँले भन्नुभयो– ‘न्यायपालिकाको साख जोगाउन पनि न्यायपरिषद् ऐन संशोधन गर्नै पर्छ।’ न्यायालयमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आइरहेकाले यसबारे छलफल गरेर भ्रष्टाचारमुक्त न्यायालय बनाउन आफूले विशेष पहल थाल्ने मन्त्री तामाङको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्