डढेलो सचेतना अभियान



अमृत अर्याल, स्याङ्जा ।
गर्मी समय सगै डढेलोले समस्या पार्ने देश नेपाल हो । यसको नियन्त्रण गर्न सरकारले धेरै खर्च गर्ने गरेको छ । तर पनि गर्मी शुरु हुदाँ आगालागीबाट धेरै क्षती भएका खबरहरु आइरन्छन् । यसको मध्यनजर गरेर जिल्ला बन कार्यालय स्याङ्जा र स्थानीय सामुदायीक बन कार्यालयले आगालागीबाट बचाउन सचेतना अभियान शुरु गरेको छ ।

गर्मी समय शुरु भएसगँै दिनहुँ आगोको लापरवाहिका कारण धेरै धनजनको क्षती हुने गरेको छ । यसलाई न्युनिकरण गर्न जिल्ला वनकार्यालय स्याङ्जाले डढेलो साप्ताहिक कार्यक्रम शुरु गरेको छ । रुख रोपौ वन जोगाउ, वन डढेले रोकौ, वन जोगाउ भन्ने नारा सहित स्याङ्जामा ¥याली निकालेर यस अभियानलाई सहयात्री बनाईएको छ ।

सचेतना नहुँदा हरेक बर्ष देशका प्राकृतिक एवं सास्कृतिक सम्पदा डढेलोका कारण नाँस हुँदै जान थालेका छन् । शहरी क्षेत्र भन्दा पनि ग्रामिण क्षेत्रका नागरिकलाई सचेतना गराउन सकेमा डढेलो कम गर्न सकिन्छ भन्नेमा जिल्ला वन कार्यालय ढुक्क छ । सबै भन्दा बढी वालबच्चाका कारण डढेलो हुने गरेको तथ्याङ्क जिल्ला वन कार्यालयमा छ । यसलाई हरेक नागरिकामा पु¥याउने उदेश्यले साप्ताहिक रुपले सामुदायीक वनका उपभोक्तालाई साक्षी राखेर ¥याली गरिएको जिल्ला बन अधिकृत बसन्त केशव अधिकारी बताउनुहुन्छ । जहिले पनि राज्यको पैसा खर्च गर्ने भन्दा पनि खर्च गरेको काम देखिनु उत्तम हो भन्ने चाहाना हाम्रो रहेको अधिकारीको भनाई छ ।

सधै जसो समुदायबाट डढेलोको समस्या झेल्दै आएको वन कार्यालय यो सचेतनाले अब जिल्लामा डढेलो रोकथाममा ढुक्क देखिएको छ । सबै सामुदायीक वनका उपभोक्तालाई साक्षी राखेर गरिएको ¥यालीमा अत्यन्तै उत्साह देखिएको थियो । सरकारले हरेक बर्ष वन जोगाउनका लागि खर्चेको रकम सचेतना नभएकै कारण कहाँ खर्चिएको हो भन्ने थाहा नभएको उपभोक्ताको भनाई छ ।

वन हाम्रो सम्पति भएकोले सबै यसलाई जोगाउन उपभोक्तानै सक्रिय हुनु पर्ने सामुदायीक वनका अगुवाहरु बताउछन् । कार्यक्रममा वन अधिकृत हेमलाल पौडेल, बन उपभोक्ता सिर्जना पौडेल लगायतका बक्ताले डढेलोले पानीको मुहान सुकाउने र मान्छे बाच्न पनि बन जोगाउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

चार उपभोक्त समुह रहेको ¥यालीमा अत्यन्तै उत्साजनक सहभागिता रहेर जिल्ला वन कार्यालयले यो भने पहिलो चोटी कार्यक्रम गरेको हो । जिल्लामा २०७२÷०७३ देखि अहिले सम्म १४ सय हेक्टर बनमा डढेलो लागेको बताएको छ । सचेतना बढे सगै स्याङ्जामा डढेले लाग्ने क्रममा भने कमी हुदै आएको दावी बन कार्यालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्