भारत जाने तयारीमा प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको यही महिना भारत भ्रमण गर्ने तयारी भइरहेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार प्रधानमन्त्री चैत चौथो साता भ्रमण हुनसक्ने बताउँछन् ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगतै भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकी थिइन् । त्यसअघि ओली र मोदीबीच दुई पटक टेलिफोन वार्ता समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्