एसईई आजबाट



भक्तपुर, (नेस)
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज बिहान ८ बजेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको जानकारी दिएको छ। देशभर एकैसाथ शुरू हुने परीक्षाको तयारी पूरा भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो।

परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्