चैत्र १६ मा नेपाल मोबाईल बितरक संघको महाधिवेशन



काठमाडौ । नेपाल मोबाईल वितरक संघको प्रथम केन्द्रिय महाधिवेशन आगामी चैत्र १६ गते हुने भएको छ । देश भरीबाट करिब ३ सयको संख्यामा मोबाईल वितरकहरुको सहभागीता हुने संघका महासचिब रघु त्रिपाठीले जानकारी दिनुभयो ।

सो अवसरमा संघले नेपाली बजारमा आयात हुने अत्याधुनिक मोबाइलको बिक्री वितरण तथा प्रवृत्तिको परिचय गराउने उदेश्यले सूचनामूलक स्मारिका समेत प्रकाशित गर्न लागेको बताउनुभयो ।

बैधानिक तथा अवैधानिक तबरले लेपाली बजारमा आयात हुने मोबाइल फोन,कम्पनीका नयाँ उत्पादन, बजार परिचय, कम्पनीद्धारा सेवाप्रदायक तथा ग्राहकबीचको सम्वन्ध,ग्राहकलाई विविधप्रकारको मोबाईल फोनको छनोटमा व्यापक अवसर लयायत मोबाइल बितरकहरुका समस्या र चुनौतीहरु आदि विषय समावेश हुने उहाँले जानकारी दिनुभयो ।

मोबाइल उत्पाद ककम्पनी,मोबाइल आयातकर्ता तथा रिटेलरहरुसँग सुमधुर सम्बन्ध कायम गरी बजारलाई ब्यवस्थित गर्ने उदेश्यले २ वर्ष अघि स्थापना भएको संघले धेरै रचनात्मक कार्यहरु गरिरहेको संघको कोषध्यक्ष दिनेश चुल्याद्यो जानकारी दिनुभयो ।

विज्ञान प्रविधिको युगमा मोबाइल फोन सबैको पहुचमा पु¥याउन र बजारमा देखिएका बेथितिहरुलाई हटाएर बजारमा मुल्य समायोजन तथा चोरी चकारीबाट भित्रिने मोबाइल फोनको बिक्री बितरणमा रोक लगाउन संघले अभियाननै चलाउने उहँले बताउनुभयो ।

संघले महाधिवेशन भब्य रुपमा सफल पार्न सबै पक्षको साथ समर्थन तथा सहयोगको अपेक्षागरिएको प्रेस बिज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्