दर्जनौ हत्यामा संलग्न अभियूक्त ‘पासवान’ पक्राउ



सर्लाही । कविलासी नगपालिकाका सुनचाँदी व्यवसायीको हत्यामा संलग्न मुख्य योजनाकार ६ महिना पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य योजनाकार सर्लाही जिल्ला साविकको नेत्रगंज–२ र हाल लालबन्दी नगरपालिका–२ निवासी बर्ष ४५ का उमेश पासवान उर्फ राजुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार संम्मेलन गरी सार्वजनिक गरेको हो ।

कविलासी नगरपालिका–२ बस्ने नागेन्द्र साहका छोरा बर्ष २७ का सुनिल साहको गत असोज २४ गते गोली प्रहार गरी हत्या भएको थियो । साहका बाबु छोरा सुन चाँदी पसल बन्द गरी घर तर्फ जाँदै गर्दा लुटिएका थिए । लेटेराले सुनिल साहलाई गोली हानि ८ तोला सुनको गरगहना, ४ किलो चाँदीको गरगहना तथा ४० हजार नगद लुटपाट गरेर भागेका थिए ।

घटना भएको एक साता पछि नै प्रहरीले घटनामा संलग्न ४ जना अभियुक्तहरु सर्लाहीको लालबन्दी नगरपालिका–२ का २७ बर्षीय जय प्रकाश पासवान, बरहथवा नगरपालिका–१६ बस्ने बर्ष २३ का कृष्ण साह, बरहथवा नगरपालिका–१६ कै बर्ष २५ का प्रभु नारायण महतो र कविलासी नगरपालिका–१ का बर्ष २१ का भोला विरेन्द्र मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

घटना लगतै मुख्य अभियुक्त पासवान भारतको विभिन्न स्थानमशा लुकिछिपी बस्दै आएका थिए । मुख्य अभियुक्त पासवानलाई घरमा आएको समयमा मंगलवार इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरिक्षक अनिल ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी राजेश बाबु थापाले जानकारी दिनुभयो ।

अभियुक्त पासवान पेसेवर अपराधी रहेको र उनलाई सर्लाहीसहित सिराहा र रुपन्देही प्रहरीले समेत खोजिको सूचिमा राखेको अनुसन्धानबाट खुल्न आएको छ । पासवानले भारतमा समेत अपराधिक क्रियाकलाप गर्दै आएको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका सम्र्पुण अभियुक्तहरुलाई खुनडाँका तथा संगठित अपराध, डाँका, हातहतियार, कर्तव्य ज्यान, ज्यनमार्ने उद्योग र जबरजस्तीचोरी मुद्धामा पुर्पक्षको लागि थुनामा राखेको छ । घटनाका अभियुक्तहरु पक्राउ परेको भएपनि लुटपाट तथा हत्यामा प्रयोग भएको हतियार तथा सुनचाँदी बरामद नभएको जनाएको छ । घटनामा संलग्न अन्यको समेत खोजि जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्