‘निजामती कर्मचारी काम नगर्ने लम्पटहरुको जमात हो’



पोखरा । राज्यको स्थायी सरकार मानिने निजामती कर्मचारीमाथि चौतर्फी आक्रमण भइरहेको बेला राज्यको वरियतामा पाँचौ स्थानभित्र पर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि निजामति कर्मचारीको कटु बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सनाले निजामती कर्मचारीको कटु आलोचना गर्नु भएको हो । उहाँले निजामती कर्मचारीहरुतर्फ इंिगत गर्दै “काम नगर्ने लम्पटहरुको जमात” को संज्ञा दिनुभयो ।

संविधान जारी भएको यति लामो समय हुँदा पनि राष्ट्रियसभा अध्यक्षको लागि कार्यकक्ष र निवास व्यवस्थापन नभएको प्रति आक्रोश पोख्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले निजामती कर्मचारीहरुलाई “काम नगर्ने लम्पटहरुको जमात” को संज्ञा दिनु भएको हो ।

उहाँले भन्नुभयो, “काम नगर्ने लम्पटहरुको जमात भएको भएर यस्तो भएको हो । आफ्नो ड्युटी पूरा गरेको भए यस्तो हुन्थेन । यस बारेमा प्रधानमन्त्री, मन्त्रीहरुलाई निर्णय गर्न सुझाव, सल्लाह दिएको भए यस्तो अवस्था नै आउने थिएन ।”

आफूले राष्ट्रियसभाको अध्यक्ष पदको शपथ खाएपछि कहाँ लैजाने भनेर सुरक्षाकर्मी तथा कर्मचारीहरुले आफूलाई सोधेको तीतोे यथार्थ पोख्दै अध्यक्ष तिमिलिसनाले आफूले राम्रो क्वार्टर नपाउँदा मन्त्रीको क्वार्टरमा बस्नु परेको गुनासो गर्नुभयो ।

उहाँले निजामती कर्मचारीहरुलाई राजनीतिक नेताहरुले चलाएकाले यस्तो बेथितिको अवस्था आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्