सडकमा गुणस्तरहिन काम, कागजमा मापदण्ड पुर्याएर ११ करोड भुक्तानी



धनवीर दाहाल, रुकुम ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत हाँसिबाङ्ग चौरजहारी सडक खण्डमा गुणस्तरहिन काम भएको पुष्टी भएको छ । मध्यपहाडी सडक खण्डको सेक्सन २ को हाँसिबाङ्घ चौरजहारी सडक निमार्ण भएको भनि करिव ११ करोड रकम लिइसकेको रहस्य खुलेको छ ।
भित्र भित्र गुणस्तरहिन सामाग्रीको प्रयोग गरिएको र सडकको बाहिर भागमा मात्र राम्रा सामाग्री प्रयोग गरिएको बुझिएको छ । सडक निमार्ण गर्दा ग्याबिंङ्घ जगमा ३–१–१ त्यसपछि २– १–१ आउनुपर्नेमा जगमै २–१–१ र माथी ३–१–१ को हालेर इन्जीनियरलाई मापदण्ड अन्र्तगत भएको भनि भुक्तानी लिएको मध्यपहाडी लोगमार्ग कार्यालय स्रोतले दावी गरेको छ ।

सडकमा बालुवा गिठ्ठी नचालेर प्रयोग गरिएको छ । यसै गरी सिमेन्टको अनुपातलाई लार्पबाही गरिएको पाइएको छ । यस्तै मेसनरीवालको देखिने बाहिर बाहिर भागमा सिमेन्ट प्रयोग गरिएको तथा भित्री भागमा सिमेन्ट प्रयोग नगरिएको पाइएको छ । सो सडक खण्डमा प्रयोग गरिएका सामाग्रीको गुणस्तर परिक्षण गर्नका लागी स्थानीयले माग गरेका छन् ।

यस्तै सो सडकमा डुब्लुबिएम मापदण्ड अनुसार हुनुपर्नेमा त्यसो नभएको पाइएको छ । ४० किलोमिटर सो सडक स्कीम बिनाको काम भएको भन्दै स्थानीयहरुले गुणस्तर मापन गर्न जोडदार माग गरेका छन् । निमार्णको जिम्मा लिएको दिवा पिएस, चन्द्रा एण्ड बसन्त निमार्ण कम्पनीले यस्तो बदमासी गरेको पाइएको छ । मध्यपहाडी लोकमार्गको रुकुम खण्डमा धमाधम काम भइरहेको छ । बिभिन्न भागमा बिभाजन गरेर निमार्ण कम्पनीहरुले काम गरिरहेका छन् ।

कतिपय ठाँउमा कालोपत्रे काम भइरहेको छ भने कतिपय ठाँउमा ग्राबिल गर्ने काम भइरहेको छ । तर हाँसिबाङ्ग चौरजहारी खण्डको ४० किलो मिटर सडकमा भएको गुणस्तरहिन कामले गर्दा अन्य ठाँउको कामको पनि अनुगमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्