रोबोट सोफियाको चाहना- अनमोलसँग ‘डेट’ र सगरमाथा आरोहण



काठमाडौं । रोबोट सोफियाले नेपालका हिरो अनमोल केसीसँग भेट गर्न र सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न मन लागेको बताएकी छन् ।

विश्वभर चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोर्ट सोफियाले बुधबार काठमाडौंमा भएको राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा अयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएकी हुन् ।

मन्तव्य राख्दै उनले भनिन, ‘मलाई नेपालका हिरो अनमोल केसीसँग डेट गर्न मन छ’, सम्बोधनको बीच बीचमा उनले पटक–पटक दोहोर्याइरहीन् । सोफियाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने इच्छा पनि व्यक्त गरेकी थिइन ।

मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्