सिभिल बैंकको सेयर संस्थापकले नै किनेनन, पुनः लिलामी हुँदै



काठमाडौँ । सिभिल बैकको सेयर खरिदमा संस्थापकहरु नै अनिच्छुक देखिएका छन । लिलामीमा समेत सेयर बिक्री नभएपछि सिभिल बैंकले लिलामी सेयर पुनः निष्काशन गर्ने तयारी गरेको छ ।

बैंकले संस्थापक सेयर पहिलो पटक लिलाममा बिक्री खुला गर्दा ३१ लाख २१ हजार ६ सय कित्ता सेयर बिक्री हुन सकेन । उक्त निष्कासनमा १ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सयर बिक्री भएको छ ।

बैंकको संस्थापक लिलामी सेयरमा यही चैत १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयरको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्