पार्टी एकताप्रति कमल थापा सकारात्मक



नेपाल समाचारपत्र, काठमाडौँ ।
संसदीय निर्वाचनपछि लजास्पद हार बेहोरेको कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेताहरुसँगको भेटमा पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो शैलीमा भन्नुभयो अब पार्टीलाई एक बनाउने बेला आएको बताएका छन् । पूर्व राजाले नेताहरुलाई एक हुन आग्रह पनि गरे ।

आइतबार दिउँसो पूर्वराजालाई भेट गर्न गएका नौ जना नेतासँग पूर्व राजाले झापामा दिउँसो ४ देखि ७ बजेसम्मको भेटमा पूर्वराजाले पालैपालो सबै नेताको धारणा सुन्नुभएको थियो।

भेटपछि राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत राप्रपा पार्टी एक हुनसक्ने उल्लेख गरेका छन् । उनले पार्टीबाट अलग भएका पशुपति शमशेर र प्रकश चन्द्र लोहनीसँग पार्टी एकता हुनसक्ने बताएका छन् ।

उनले ट्वीटमा भनेका छन् ‘राजसंस्था प्रति हाम्रो आस्था र सम्मान यथावत छ।पशुपतीजी र प्रकाशजीसंग एकता हुनसक्छ। तर,चौथो ठूलो शक्ति भैसकेको र पहिलो र दोस्रो हुनसक्ने राप्रपालाई एजेण्डा छोड्यो भनेर हल्ला गर्ने, नेतृत्वलाई बदनाम गर्ने र अन्ततः पार्टी फुटाउन निर्णायक भूमिका खेल्ने कथित भजनमण्डलीसंग भने सतर्क हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्