अचानक दिल्ली किन पुगे वाणिज्यमन्त्री यादव ?



नेपाल समाचारपत्र, काठमाडौँ ।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव यतिबेला भारत पुगेका छन् । दिल्ली पुगेका यादवले भारतीय वाणिज्य तथा उद्योग मन्त्री सुरेश प्रभु र भारतीय विदेशमन्त्री सुस्मा स्वाराजसँग भेटवार्ता गरेका छन् ।

सोमबार अचानक नयाँदिल्ली प्रस्थान गरेका मन्त्री यादवले विदेशमन्त्री स्वराजसँग मन्त्रीयादवले दुई मुलुकबीचको सम्बन्ध अर्थ र व्यापारका बारेमा कुराकानी गरेको बताइएको छ । साथै स्वराजले नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमणका बारेमा पनि कुराकानी भएको थियो । सो विषयमा मन्त्री यादवले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर मात्रै जवाफ दिन सक्ने जनाएको आन्तरीक स्रोतले जनाएको छ ।

वाम गठबन्धनको सरकारलाई चीननिकट रहेको भनेर भनिरहँदा मन्त्री यादवले भारत पुगेर कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गर्नुका साथै नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे आफ्ना भारतीय समकक्षीको ध्यानाकर्षण गराएका छन् । तर, यसरी अचानक भारतमा गएर छलफल गर्नुको कुनै कारण भने अझैसम्म खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्