राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित



काठमाडौें  । राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् । दाहाल ४५ मतका साथ विजयी भएकी हुन् । चुनाव संघीय संसद भवन नयाँवानेश्वरमा भएको हो ।

दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रक्रियामा उपस्थित भएका थिए ।

संघीय संसदको सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्