डमरुको डमडमको तितेपाते झ्यापझ्याप



फिल्म लेखक छेतन गुरुङद्वारा निर्देशित फिल्म डमरुको डण्डीबियोको गीत सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच यसमा रहेको तितेपाते तितेपाते झ्यापझ्याप बोलको गीत र त्यसको भिडियो सार्वजनिक गरिएको हो।

यो गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत छ भने, एकतारे, हर्क साउद र कालीप्रसादले गीतमा शब्द भरेका छन्। कार्यक्रममा सार्वजनिक गीतको बारेमा बोल्दै कालीप्रसादले तितेपाते तितेपाते करोड भ्युजका लागि भन्दा पनि फिल्मको कथाअनुरूप तयार गरिएको बताए ‘फिल्म युनिटले बजार पिट्नेभन्दा पनि कथासँग सुट गर्ने गीत निर्माण गर्नु भन्नुभएकाले त्यहीअनुसार गीत तयार गरेका छौं’ कालिप्रसादले भने– ‘मलाई लाग्छ यो गीत पनि दर्शकले मन पराउनुहुनेछ।’

आगामी नयाँ वर्षको वैशाख २१ गते अल नेपाल रिलिजमा आउने फिल्ममा खगेन्द्र लामिछाने, मेनका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगी होप” कोइंच सुनवार, नमिता घिसिङलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्। समृद्धी इन्टरटेनमेन्टको व्यनरमा नोर्बु छिरिङ घले र विनोद गुरुङले निर्माण गरेको फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्