पुल भत्कियो



मायामी, (एजेन्सी)
अमेरिकाको मायामीस्थित फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीनजिक एउटा पुल भत्किँदा कम्तीमा छ व्यक्तिको ज्यान जानुका साथैै अन्य नौ जना घाइते भएका छन्। उक्त पुलको भग्नावशेषमा पुरिएकाहरूको खोजीकार्य गर्न उद्धारकर्मीलाई एक रात लागेको प्रहरीले बताएको छ। बिहीबार अपरार्न ५३ मिटर लामो तथा ८ सय ६२ टनको पुल आठ लेनको मोटरबाटोमा खस्दा कम्तीमा आठवटा सवारी साधन किचिएका थिए। ‘एक्सिलेरेटेड ब्रिज कन्स्ट्रक्सन’ नामक विधि प्रयोग गरी केही दिनअघि मात्र छ घण्टामा सो पुल तयार पारिएको थियो।

प्रतिक्रिया दिनुहोस्