उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख पदमा दुई सदस्यको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको छ ।

सो पदमा नेपाली काँग्रेसका पुष्पा भुसाल र नेकपा एमालेका शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो ।

भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेपाली काँग्रेसका डिला संग्रौलाले प्रस्ताव प्रस्तुत गर्नुभयो । संग्रौलाले संविधानको सफल कार्यान्वयनका लागि सरकार र प्रतिपक्षबीच सुमधुर सम्बन्ध आवश्यक पर्ने भएकाले काँग्रेसका भुसालले उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले सभामुख पदमा कृष्णबहादुर महरालाई काँग्रेसले समर्थन गरेको तथा उपसभामुखमा फरक फरक दलको उम्मेदवार हुनुपर्नेमा एमाले र माओवादी केन्द्र चाँडै एकीकृत हुने भएकाले पनि काँग्रेसको उम्मेदवारी सान्दर्भिक भएको दाबी गर्दै अंक गणितका आधारमा उपसभामुखमा भुसाललाई हराइए सदन अवरोध हुने खतरा बढ्न सक्ने बताउनुभयो ।

सो प्रस्तावमा काँग्रेसको समर्थन गर्दै देवेन्द्रराज कँडेलले जनताको विश्वासलाई जित्नका लागि सरकार विपक्षी मिलेर जानुपर्ने अवस्थामा मध्यस्थ भूमिका निर्वाह गर्न भुसालको उम्मेदवारी आवश्यक छ भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्