भारतमा नेपालको जिउँदो आकाश



भारतको दिल्ली र गुहाटीमा आयोजित आठौं अन्तर्राष्ट्रिय ओलम्पिक ड्रामा फेस्टिबलमा नेपालबाट नाटक जिउँदो आकाश मञ्चन गरिएको छ। तेस्रोलिंगीको भावना समेटिएको नाटकले प्रकृतिले जे दिन्छ त्यही स्वीकार्नुपर्छ र तेस्रोलिंगी पनि यही समाजकै मान्छे भएकाले उनीहरूलाई मान्छेकै व्यवहार गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्नुपर्नेमा जोड दिएको छ। नाटकमा अनिल सुब्बाले सशक्त अभिनय गरेका थिए।

यो नाटक पहिलोपटक दोलखाको चरिकोटमा मञ्चन भएको थियो। नाटकले गुहाटी र दिल्लीमा पनि खचाखच दर्शक पाएको बताइएको छ। नाटका अनिल सुब्बाको एकल प्रस्तुतिले दर्शकलाई भावुक बनाएको थियो भने विनोद बञ्जारा, विश्व काफ्ले, टंक टाइगर (संग्रौला), सुशान्त चालिसेको संगीत संयोजन रहेको थियो। नाटकका निर्देशक रोशनकुमार महेताले भारतका दुई शहरमा नाटक देखाउन पाउँदा आफुहरू एकदमै खुसी भएको बताए।

प्रतिक्रिया दिनुहोस्