पीएनजीद्वारा नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत



नेपाल समाचारपत्र, काठमाडौँ ।

आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ प्रतियोगितामा पपुवा न्युगिनीले नेपाललाई ११५ रनको लक्ष प्रस्तुत गरेको छ । नेपालका बलर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ सामु पपुवा न्युगिनी निरिह बनेको छ ।

सन्दीप र दिपेन्द्रले समान ४–४ विकेट लिए पछि पपुवा न्युगिनी मात्र २७.२ ओभरमा आल आउट भएको हो ।

पपुवा न्युगिनीका ६ जना ब्याटसम्यानले दोहोरो अंकमा रन बटुले पनि कसैले २० रन पूरा गर्न सकेनन् ।

पाललाई दोस्रो विकेट दिलाउने क्रममा करन केसीले टोनी उरालाई ११ रनमा आउट गरेका थिए। नेपालका सोमपाल कामीले पपुवा न्यूगिनीका असाद भालालाई ८ रनमा पहिलो विकेटका रुपमा पवेलियन फर्काए।

प्रतिक्रिया दिनुहोस्