सरकारी कार्यालय भवन निमार्ण अन्तिम चरणमा



धनवीर दाहाल, रुकुम ।

सरकारले मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ शहर स्थापना गर्ने लक्ष्य लिए अनुरुप रुकुमको चौरजहारीमा भौतिक पुर्वाधार निमार्ण कार्यले तिब्रता पाएको छ ।

सोही कार्य अनुरुप चौरजहारीमा नयाँ शहर आयोजनाको कार्यालय भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । २ करोड २२ लाख ६८ हजार पाँच सय पैंतालिस रुपैंया पाँच पैंसामा भ्याट सहितको लागतमा निमार्ण सम्पन्न हुन लागेको सो भवन निमार्ण रोयल कन्ट्रक्सन धनगडी कैलालीले गरिरहेको छ ।

२०७५ असार मसान्त सम्म निमार्ण कार्य सम्पन्न हुने र नयाँ शहर आयोजनालाई भवन हस्तानतरण गरिने रोयल कन्ट्रक्सनका आधिकारिक प्रतिनिधि डिल्लीप्रकाश के.सीले जानकारी दिए ।

तोकिएको समय भित्र निमार्ण सम्पन्न गर्ने र कार्यालयको स्विकृत डिजाइन नक्सा तथा दररेट निश्चित सम्झौतामा उल्लेख भएको प्रावधान र सर्तअनुसार तोकिएको समय भित्र कार्य सम्पन्न गर्ने तथा गुणस्तरिय समृद विकास निमार्णमा पहिचानलाई स्थापित गर्ने प्रतिबद्धता निमार्ण कम्पनीले गरेको छ ।

जिल्लाको ऐतिहासिक महत्व बोकेको चौरजहारीलाई सरकारले नयाँ शहर निमार्णका लागी बिभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

यसै गरी चौरजहारी नगरपालिकामा रहेका बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले पनि व्यवस्थित रुपमा आफ्ना कार्यक्रम संचालन गर्नाले चौरजहारीको रौनक फरिएको स्थानीयको भनाई छ ।

तराईको जस्तो सम्म फाँट रहेकोे चौरजहारीमा यतिबेला नयाँ शहरको कामले तिब्रता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्