प्यानलै बनाएर उद्योगी ब्यबसायी प्रतिष्पर्धामा



पर्वत । उद्योगी ब्यबसायीहरुको साझा संस्था पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका दुई वटा समुहले प्यानलै बनाएर प्रतिष्पर्धामा उत्रिएका छन ।

पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि बामपन्थीहरुको साझा उमेदवारको रुपमा केदारनाथ शर्मा र प्रजातान्त्रिक समुहबाट लेखनाथ शर्माले प्यानलै बनाएर चुनाबी प्रतिष्पर्धामा उत्रिएका हुन । पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि चैत्र ३ गते चुनाब हुँदैछ ।

पर्वत उद्योग बाणिज्य संघमा महासचिब र बाणिज्य उपाध्यक्ष भएर काम गरेका केदारनाथ शर्मा दुई पदमा रहँदा आफुँले ब्यबसायीको हितमा धेरै काम गरेका कारण जित्ने कुरामा ढुक्क रहेको बताउँछन ।

बामपन्थी मात्रै नभई धेरै प्रजातन्त्रबादी उद्योगी र ब्यबसायीहरु पनि आफ्नो पक्षमा भएकाले जित सुनिश्चित भएको दाबी उनको छ । ‘ब्यबसायीको हितको पक्षमा निरन्तर लागेका कारण उनीहरुको माया र बिश्वासले नै मेरो जित सुनिश्चित छ’ उनले भने- ‘पर्वत उद्योग बाणिज्य संघमा दुई कार्यकालमा भएका सुधारका कामको निरन्तरताका लागि पनि मेरो नेतृत्व आवश्यक छ’ शर्मा स्थानिय मिडीया उद्यमी समेत हुन ।

पर्वत उद्योग बाणिज्य संघमा पहिले बरिष्ठ उपाध्यक्ष भएर काम गरेका लेखनाथ शर्मा भने उद्योगी ब्यबसायीले नेतृत्व परिर्वतनको पक्षमा भएकाले यसपटक बामपन्थीहरु भन्दा प्रजातान्त्रिक पक्षधर शक्तिले चुनाब जित्ने दाबी गर्छन । ‘उद्योग बाणिज्य संघलाई ब्यबसायिक नेतृत्व गर्नका लागि मेरो नेतृत्व आवश्यक छ’

बामपन्थी समर्थक उद्योगी ब्यबसायीहरु शुरुमा दुई प्यानल बनाएर चुनाब लड्न थालेका थिए । अध्यक्ष पदका दाबेदार बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी र बाणिज्य उपाध्यक्ष केदारनाथ शर्माले छुट्टाछुट्टै प्यानलको तयारीमा रहेका बेला पार्टी नेतृत्वले बामपन्थी एकता कायम राख्ने र केही समय पछि पार्टी एकता समेत हुन लागेको अवस्थामा एकता कायम गरेर अघि बढ्न दबाब दिएपछि साझा संयुक्त प्यानल बनाएर चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन ।

बिगतमा बामपन्थी प्यानलमा प्रजातान्त्रिक प्यानलबाट असन्तुष्ट समुह समेत मिलेर गएपनि यस पटक अन्तिम समय सम्म बामपन्थी समुहमा एकता नदेखिएपछि प्रजातान्त्रिक समुहबाटै प्रतिष्पष्र्धामा उत्रिएको छ । मा जाने तयारीमा रहेपनि नेकपा(एमाले) र माओबादी केन्द्रका जिल्ला नेताहरु बसेर सोमबार अपराहन्न सहमति कायम गर्दै एउटै प्यानलमा चुनाब लडपर्वत उद्योग बाणिज्य संघमा बामपन्थी समुह बलियो समुहको रुपमा रहँदै आएको छ ।

संघमा यस अघिका निर्वाचनहरुमा बामपन्थी समुहले समर्थन गरेका उमेदवारहरुले नै अधिकाँश पदमा जित हासिल गरेका कारण यसपटक पनि बामपन्थी समुह नै बलियो देखिएको छ भने बिगतका निर्वाचनमा बिभाजित बन्दै आएको लोकतान्त्रिक समुह एक भएर उमेदवारी दिएका कारण कडा प्रतिष्पर्धा हुने ब्यबसायीहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्