विमान दुर्घटना अपडेटः ७१ यात्रु मध्ये १९ जनाको मात्रै उद्धार, अधिकांश वंगलादेशका रहेका नेपाली विधार्थी परे



नेपाल समाचारपत्र, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । जम्म ७१ जना सवार विमानमा ४ जना चालक दलका सदस्य रहेको बताइएको छ ।

६७ यात्रु र ४ चालक दलका सदस्यमध्ये १९ जनाको उद्दार भईसकेको छ । आधा विमान जलेको अबस्थामा रहेको सहकर्मी दिपेन्द्र थाले जानकारी दिएका छन । दुर्घटनाको थप विवरण आउनेक्रम जारी रहेको विमानस्थल प्रमुख राजेन्द्रकुमार क्षेत्रीले नेपाल समाचारपत्रलाई जानकारी दिएका छन । नेपाली सेना नेपाल प्रहरीले ठूलो संख्यामा उद्धार कार्य जारी राखेको छ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। विमानको आगलागी नियन्त्रणमा आएको छ । घाईतेको हेलिकप्टरबाट उद्दार भईरहेको छ । बम्बार्डियरको ड्यास ८ क्यू ४०० जहाजमा आगलागी भएको हो।  विमानमा सवार अधिकांश नेपालबाट बंगलादेशमा गएर अध्ययन गर्ने नेपाली रहेको जानकारी वंगलादेशका रहेका नेपाली विधार्थीले दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्