एपिएफ क्लबका राष्ट्रिय खेलाडी निकेश सम्मानित



नेपाल समाचारपत्र, ललितपुर । सशस्त्र प्रहरी बल (एपिएफ)का राष्ट्रिय खेलाडी निकेश श्रेष्ठ सम्मानित भएका छन् । गोदावरी नगरपालिकाको प्रथम स्थापना दिवशको अवसरमा आइतवार उनी सम्मानित भएका हुन् ।

उनलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सम्मान गर्नुभएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै श्रेष्ठलाई सम्मान गरेको नगरपालिकाले जनायो ।

४ पटक उसुमा राष्ट्रिय च्याम्पियन र किकबक्सिङमा ४ पटक राष्ट्रिय च्याम्पियन बनिसकेका उनले अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । उनी उसु र किकबक्सिङ दुबैको राष्ट्रिय खेलाडी हुन् ।

उनले सन २०१४ मा तुर्किमिनिस्तानमा भएको किकबक्सिङतर्फ एसियन च्याम्पियनशिपमा कास्य पदक हासिल गरेको सकेको छ भने भारतमा किकबक्सिङ तर्फ नै स्वर्ण पदक हात पारे ।

उनी उसु पछिल्लो पटक साफको तयारीमा जुटिरहेका छन् । उनी राष्ट्रिय टिममा छनोट भएर तयारी गरीरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्