पुलिसको कठिन जित



यमलाल भुसाल, बुटवल

बुटवलमा जारी २०औं तिलोत्तमा गोल्डकप नक आउट फुटबल प्रतियोगिताअन्र्तगत आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिसले कठिन जित हासिल गरेको छ।

देविनगरस्थित एन्फा एकेडेमीमा भएको निक्कै रोमाञ्चक खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिसले दोस्रो चरणमा स्थान पक्का गरेको हो। पुलिसका तेज तामाङले खेलको ७२औं मिनेटमा गरेको आर्कषक नै जितका लागि पर्याप्त बन्यो। खेलको १०औं मिनेटमा रिजन सुब्बाले डिबक्स बाहिरबाट गरेको प्रहार बाहिरिएको थियो। खेलमा १–० ले पछि परेको एपीएफ दोस्रो हाफको १० मिनेट बाँकी छँदा फर्कने प्रयास गरेको थियो।

खेलको २७औं मिनेटमा एपीएफका रोपबहादुर लामाले डिबक्सबाट गरेको प्रहारलाई पुलिसका गोलकिपर रोशन खडकाले रोकिदिएका थिए।
२ विभागीय टिमका बीच भएको खेल अत्यन्तै रोचक रहेको थियो। एपीएफका किपर अमृतकुमार चौधरीले पुलिसका आधा दर्जन पोस्ट आक्रमणलाई बिफल तुल्याएका थिए।

खेलको ८५औं मिनेटमा एपीएफका तर्फबाट गरिएको प्रहार गोलमा परिणत भए पनि रेफ्रीले त्यसलाई फल दिएका थिए। खेलमा विजेता टिम पुलिसका तेज तामाङ म्यान अफ दी म्याच घोषित हँुदै नगद ११ हजार नगदबाट पुरस्कृत भएका थिए। सोमबारको खेल रुस्लान थ्रिस्टार र फेन्डस क्लबका बीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्