रथारोहण र नागरिक अभिनन्दन



लायन्स क्लब अन्तराष्ट्रिय स्थापनाको शतवार्षिकीको पवसरमा पोखरामा आयोजित रथारोहणसहित नागरिक अभिनन्दनमा अभिनन्दित कलाकर्मीहरु। सो अवसरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एक शय व्यक्तित्वलाई उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) द्धारा नागरिक अभिनन्दन प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करला श्रेष्ठका साथमा कलाकर्मीहरु अमृत गुरुङ, हरीदेवी कोईराला, कुन्ती मोक्तान, बम बहादुर कार्की, नारायण रायमाझी, भुवन चन्द, ब्याकुल माईला, दुर्गा बराल ‘वात्सायनु, मदनकृष्ण श्रेष्ठ, हरीवशं आचार्य, मनिषा कोईराला, नीर शाह, प्रेमध्जव प्रधान, प्रेमराजा महत, रामेश रायन, राजेश हमाल, शम्भुजीत बास्कोटा, तुलसी घिमीरे, यादव खरेल, सिताराम कट्टेल, कुञ्जना घिमिरेलगायतलाई अभिनन्दन गरिएको थियो।

तस्वीरहरुः टंक अधिकारी

प्रतिक्रिया दिनुहोस्