नेपालद्वारा स्कटल्याण्ड विरुद्ध १ सय ५० रनको लक्ष्य प्रस्तुत



काठमाडौं । जिम्बाबेमा जारी विश्वकप क्रिकेट छनोट खेलअन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि कप्तान पारस खड्काले बाहेक अरु ब्याट्सम्यानले भने सोचेजस्तो रन बनाउन सकेनन् ।
पारसले भने साहासिक रुपमा प्रत्याक्रमण गरेका थिए ।

उनले ७५ बलमा १० चौकाका साथ ६३ रन बनाए । पारस बाहेक सोमपाल कामी र रोहित कुमार पौडेलले मात्र दोहोरो अंकमा रन बटुल्न सके ।

पारसलाई राम्रो साथ दिइरहेका सोमपाल भने १८ रनमा रन आउट भए । नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो ।

केही बेरमा स्कटल्याण्डले जवाफी ब्याटिङ् गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्