डोटीमा सुनौला हजार दिनका आमालाई पानी फिल्टर बितरण



सुनौला हजार दिनका दुई दर्जन बढी आमाहरुलाई बितरण गरिएको खानेपानी फिल्टर । तस्विरः विमल विष्ट/डोटी

विमल विष्ट, डोटी । डोटीमा सुनौला हजार दिनका दुई दर्जन बढी आमाहरुलाई खानेपानी फिल्टर वितरण गरिएको छ ।

गर्भावस्था देखि २ वर्ष सम्मका उमेर भएका बच्चाहरुका आमा समुह जसलाई सुनौला एक हजार दिनका आमाहरु भन्ने गरिन्छ । युएसएआईडीको आर्थिक सहयोगमा सोर्स नेपालले संचालन गरेको सुआहारा कार्यक्रम दोस्रो चरण अन्तरगत दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ मा रहेका ३० जना आमाहरुलाई खानेपानी फिल्टर सहयोग गरेको हो ।

खानेपानी फिल्टर लिन कार्यक्रममा पुगेकी दिपायल सिलगढी नगरपालिका ६ सिलगाँउकी २७ वर्षकी डम्मरी देबि नेपालीले गर्भवति भएदेखि बच्चा पाउन्जेलसम्म आफ्नो स्याहार सुसार, खानपिनमा सहयोग पुगेको बताईन् ।

उनले भनिन् ‘सुरुवातमा त मैले सबै कुरा जानेको छु मलाई किन सिकाउनु परेको होला जस्तो लाग्थ्यो तर जव मिटिङहरुमा सहभागी हुन थाले मैले त केही पनि नजानेकी पो रहेछु जस्तो महसुस भयो ।’

गर्भवति भईसकेपछी स्वास्थ्य संस्थामा ४ पटक चेक जाँच गर्ने, बच्चा जन्मीसकेपछी नियमित चेकजाच, पोषिलो खानेकुरा, सरसफाईको बारेमा धेरै थाहा थिएन, अब भने छर्लङ्ग भएको छ –डम्बरीले भनिन् ।

उनि मात्र होईन सुनौला १ हजार दिन समुहभित्रकी दिपायल सिलगढी नगरपालिका ६ की ३० वर्षकी गंगा सिँहले पनि पोषिलो खानेकुरा र सरसफाईमा ध्यान दिनुपर्छ भन्ने कुरा धेरै थाहा थिएन तर अहिले धेरै कुराको बारेमा जानकारी भएको बताईन् ।

उनले भनिन् ‘कुनै पनि महिला गर्भवति भईसकेपछी बच्चा जन्मेर २ वर्ष नपुगन्जेल सम्वेदनशील अवस्था मानिन्छ बच्चाको तिब्र बृद्धी विकास हुने भएकाले महिलाको स्वाहार सुसार, खानपीनमा रसरसफाईमा ध्यान दिन नसके महिला र बालवालिकाको जिन्दगी पनि बिग्रन सक्छ ।’

सुआहारा कार्यक्रम अन्तर्गत सोर्स नेपालले डोटीका २ नगरपालिका र ७ वटा गाँउपालिकाहरुका सबै वडाहरुममा पोषण, स्वास्थ्य, सरसफाई र कृषिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको सोर्स नेपाल डोटीका सुपरभाईजर हेम बमले बताउनु भयो उहाँले भन्नु भयो, ‘महिला गर्भवति भईसकेपछी बच्चा २ वर्षको नहुन्जेल सम्म बच्चाको ८० प्रतिशत दिमागको बृद्धी विकास हुने भएकाले त्यतीबेला पोषण खानेकुरा अति आवश्यक हुन्छ त्यसलाई सहयोग पुग्ने हेतुले खानामा विशेष ध्यान, बानी ब्यवहार परिवर्तन र सरसफाईमा सुधार आवस भन्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छौं ।’

सुनौलो हजार दिनका आमाहरुलाई सुआहाराका वास अधिकृत कृष्ण चापागाई तथा संचारकर्मिहरुको उपस्थितिमा दिसिनपा वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष बोहराले खानेपानी फिल्टर वितरण गर्नु भएको हो ।

यस कार्यक्रम अन्र्तगत डोटी जिल्लाका किसानहरुलाई वीउ विजन वितरण, अगुवा कृषक, शिक्षक, स्वास्थ्यकर्मि, सुनौला हजार दिनका आमाहरुलाई तालिम लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सन् २०१५ देखि सुरु भई मार्च २०२१ सम्म संचालन हुने सुआहारा कार्यक्रम डोटीमा दोस्रो चरण हो ।

 

प्रतिक्रिया दिनुहोस्