‘अबको पाँच वर्ष विकास, सफलता, परिवर्तन र उपलव्धी’



काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आर्थिक सम्बृद्धिको युग शुरु भएको बताएका छन । प्रधानमन्त्री अोलीले पाँच वर्ष नेपालको लागि असाधारण हुने दाबी पनि गरे ।

ओलीले आउँदो ५ वर्ष विकासका सन्दर्भमा असाधारण हुने बताए । उद्योग वाणिज्य महासंघले अायोजना गरेको अन्तर्राष्ट्रिय व्यापार मेलाको बिहीबार  उद्घाटन गर्दै ओलीले भने, ‘आउँदो आधा दशक नेपालमा विकास, सफलता, परिवर्तन र उपलव्धीको समय हुनेछ ।’

अोलीले वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नरहेको पनि बताए ।ओलीले भ्रष्टाचार, ढिलासुस्ति र बहानाबाजीहरुलाई कुनै हालतमा छुट नदिईने बताए । उनले भने, ‘सरकार अब सम्पूर्ण रुपमा उत्पादन बृद्धि, रोजगारी सिर्जना र देश बनाउने अभियानमा सामेल हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्