झापा सेमिफाइनलमा

उत्तम नेपाल, भद्रपुर
घरेलु मैदान र दर्शकको समर्थनको फाइदा उठाउँदै रमपम झापा ११ झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। झापाले बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबारको खेलमा सिक्किमलाई २–१ गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। टोलीले फाइनल पुग्न थ्री स्टारसँग खेल्नेछ। झापाले धेरै समय सिकिम युनाइटेडलाई दबाबमा राखे पनि १७औं मिनेटमा मायल डोक लेप्चाले गोल गरेर झापालाई पछि पारेका थिए। झापाका डिफेन्डर देवेन्द्र तामाङले सिक्किमका खेलाडीलाई लडाएपछि पाएको फ्रि किकलाई सिक्किमका कुनल तामाङले प्रहार गरेका थिए। उक्त प्रहारलाई हेडमार्फत लेप्चाले पोस्टको जाली चुमाएका थिए।

सिक्किमको त्यो अग्रता धेरै समय टिक्न सकेन। सिक्किमले अग्रता लिएको ७ मिनेट बित्न नपाउँदै झापाका स्ट्राइकर खमिर गिल्सन कन्दङवाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। डि एरियाभित्र पाएको बललाई कन्दङवाले ‘साइक्लिङ’ किकमार्फत आकर्षक गोल गरेका थिए। १–१ को बराबरी रहेको झापाले अर्काे गोल उपहार मार्फत पाएको थियो। खेलको ४२औं मिनेटमा विश्वास श्रेष्ठको क्रस पासमा डी एरियाभित्र रहेका सिक्किमका खेलाडीलाई टच हुँदै ‘अन गोल’ भएपछि झापाको अग्रता दोब्बर भएको थियो।

झापाका प्रशिक्षक प्रवेश कटवालले शुरूमै गोल खाएर दबाबमा खेल्नुपरेकाले सोचेअनुसारको परिणाम नआएको बताए। थ्री स्टारसँगको आगामी खेलमा सुधारेर प्रदर्शन गर्नमा सचेत रहेको बताए। खेलको म्यान अफ द म्याच विजेता टिम झापा ११ का विश्वास श्रेष्ठ घोषित भए। उनले ओली एन्ड एसोसियट्सले उपलब्ध गराएको २५ हजार रुपियाँ पाए।

प्रतिक्रिया दिनुहोस्