‘घुस खुवाएर काम लिने लाई ठाउँको ठाउँ कारवाही गर्छु’



मोतीराम तिमल्सिना, काभ्रे । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयमा मन्त्रीको समेत भाग लगाएर भ्रष्टाचार भईरहेको बताएका छन् । ‘मन्त्रालयमा मन्त्रीलाई शेयर हुन्छ, पैसाको बाँडफाँड हुन्छ, हामी सबै दुषित छौं’–मन्त्री यादवले भने ।

काभ्रेमा उत्पादित कृषि उपजहरु, औधोगिक उत्पादनहरु, हस्तकला र घरेलु उत्पादनहरुको प्रर्दशनी, प्रचार प्रसार, बजारीकरण गर्न तथा पर्यटन प्रवद्र्धनको उदेश्यले धुलिखेल उद्योग बाणिज्य संघको मुख्य आयोजनामा बुधबारबाट शुरु भएको काभ्रे महोत्सवको उद्घाटन सभामा बोल्दै मन्त्री यादवले कर्मचारीहरुले केहि नलिई काम नगरिरहेको बताए ।

बाम्पन्थीको सरकारका मन्त्रीहरु फेरिएलान् तर सरकार नफेरिने भएकाले सरकार र सरकारका मन्त्रीहरुलाई कम नआँक्न चेतावनी दिदै मन्त्री यादवले भने–‘पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै छु, यो मन्त्रालयमा घुस चल्दैन, घुुस खुवाएर काम लिने सपना नदेख्नुस, ठाउँको ठाउँ कारवाही हुन्छ ।’

मन्त्री यादवले ब्यापारीहरुले हरक्षण कर छल्ने उपाय मात्रै खोजिरहेको बताउँदै ब्यववसायीहरुले नभई सर्वसाधारण जनताले कर तिदैै आएको बताए ।

महोत्सवको लहर मात्रै सर्वसाधारण जनताको आर्थिक उन्नतीका लागि महोत्सवहरु केन्द्रित हुन सुझाव दिदै मन्त्री यादवले सरकारको एउटै लक्ष्य नेपालमा उद्योगधन्दाको विकास गरी मुलुकलाई सम्वन्ध बनाउने रहेको बताए । ‘घर घरमा उद्योग पु¥याउन मन्त्रालयबाट अभियान शुरु गर्ने र आफ्नै उत्पादनमा जोड दिने तयारीमा छौ’–उनले भने–‘उद्योग बेचेर कांग्रेसी नीति उत्पादन गरेर खाने नभई मुलधन नै खाईदिने प्रचलन अब रोकिन्छ, त्यस्तै ब्यक्ति उत्कृष्ट अर्थमन्त्रीका रुपमा सम्मान पाउँछन ।’

केहि समय नेपालीहरुले पनि महङ्गा सामानहरु प्रयोग गर्न छाड्नु पर्ने बताउँदै मन्त्री यादवले विगतमा जे भयो भयो अब राम्रो गर्न नीजि क्षेत्र र सबै सरोकारवालाहरु सक्रिय हुनु पर्ने बताए ।

अध्यक्ष मञ्जुकुमार कुोँजुले धुलिखेल र समग्र काभ्रेको विकासका लागि महोत्सव आयोजना गरेको बताउँदै १० दिनसम्म चल्ने महोत्सवले काभ्रेको खाका कोर्न महोत्सव कोसेढुंगा हुने बताए ।

प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटा, गंगाबहादुर दोङ्ग, नविना लामा, प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, उद्योग बाणिज्य संघका केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु सुरकृष्ण बैद्य, दिलसुन्दर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर लगायतले मन्तब्य राखेका थिए ।

काभ्रे महोत्सव शुरु
धुलिखेल उद्योग बाणिज्य संघले आयोजना गरेको काभ्रे महोत्सव धुलिखेलको रंगशालामा शुरु भएको छ । चैत्र ३ गतेसम्म आयोजना गरिएको महोत्सवमा १ सय ४० वटा स्टल रहेका छन् ।

महोत्सवको उद्घाटन सभा अघि धुलिखेलको बसपार्कबाट ¥याली आयोजना गरिएको थियो । ¥यालीमा धुलिखेल क्षेत्रका उद्योगी ब्यवसायी, विद्यार्थी, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । महोत्सव १ सय ४० भन्दा धेरै स्टल मार्फत कृषि, पर्यटन, हस्तकला, औधोगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामाग्री, भवन निर्माण प्रविधि आदि सेवा र बस्तुको प्रर्दशनी हुनेछ । महोत्सवमा जिल्ला लगायतका ३ नम्वर प्रदेश एवं राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योग ब्यवसायीक प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

काभ्रे महोत्सवमा मुख्य आर्कषक जिल्ला स्तरीय कृषि, पर्यटन र हस्तकलाका सामग्रीहरु रहनेछन् । महोत्सवमा १ लाख ५० हजार भन्दा धेरै दर्शकहरुको सहभागितामा ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उपाध्यक्ष सुवासकाजी श्रेष्ठले बताए । चित्रकला प्रर्दशनी, विज्ञहरुसँग अन्र्तक्रिया, काभ्रे जिल्लाका विभिन्न गतिविधि झल्कने तस्विरहरु प्रदर्शनीमा राखिनेछ ।

विभिन्न खेलको प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, विद्यालय स्तरीय सांस्कृतिक तथा अन्य प्रतियोगिता, खाना पकाउने प्रतियोगिताका साथै साईकल ¥याली, स्थानीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेछ । संघले २०६६ सालमा धुलिखेल महोत्सवको आयोजना गरेको थियो । २०७२ र २०७३ मा धुलिखेलमा खाना महोत्सवको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्