प्रधानमन्त्री बनेको १९ दिनपछि प्रतिनिधिसभा बैठकबाटै देउवाले दिए अेलीलाइ बधाई



काठमाडौ । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाको मोबाइलमा प्रधानमन्त्री के.पी ओलीको नम्बर सुरक्षित छ तर ढेढ महिना यता उहाँहरुबीच फोनमा कुरा भएको छैन ।

देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिने, नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री हुने दिन फागुन ३ गते राष्ट्रपति कार्यालयमा उहाँहरुबीच भेटघाट भयो । ओली त्यसबेला प्रधानमन्त्रीको शपथ तयारीका साथ सितल निवास पुग्नु भएको थियो । प्रधानमन्त्रीबाट राजीनामा दिएर निर्वमान भइसक्नु भएका देउवाले त्यसबेला ओलीसँग जम्काभेट भए पनि उहँलाई बधाई दिनु भएन । त्यस यता उहाँहरु भेट तथा फोन वार्ता भएको छैन ।

सभापति देउवाले ओली प्रधानमन्त्री भएको १९ दिनपछि मंगलबार बल्ल बधाई दिनु भएको छ । सभापति देउवाले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा ओलीलाई बधाई दिनु भएको हो ।

कांग्रेस संसदीय दलका नेता देउवाले प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यकालमा गरिएका निर्णय नउल्टाउन समेत आग्रह गर्नु भयो । वाम गठबन्धनले पहिल्यै देखि देउवा सरकारले गरेका निर्वाचन आचरणसंहिता विपरित र अनावश्यक निर्णय एक मुष्ट रुपमा बदर गर्ने चेतावनी दिँदै आएको छ । अघिल्लो सरकारले गरेका निर्णय बदर गर्ने र रोक्ने काम कदापि नहोस’ देउवाले भन्नुभयो, ‘अदालतलाई तर्साउने काम नहोस् ।’

देउवाले चुनौतिको रुपमा रहेको संविधान निर्माण र कार्यान्वयन सफल हुँदा आफू सन्तुष्ट भएको उल्लेख गर्नुभयो
त्यौ दुबै कार्य सम्पन्न भएको छ  संविधानमा केही सशोधन गर्न जरुरी थियो तर त्यो संभव भएन’ उहाँले भन्नुभयो, ‘पहिला संविधान राष्ट्रको पक्षमा छैन भन्नेहरु पनि अहिले यसकै पछि लागेको देख्दा बडो खुशी लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्