छोरी बसिन बाबुको किरीया



पर्वत(नेस) । जन्मदिने बाबु आमाको काजकिरिया छोराले नै गर्नुपर्दछ भन्ने परम्परा तोड्दै पर्वत जिल्लाको जलजला गाउँपालिका–७ साविक धाईरिङ निवासी सरिता परियारले आफुलाई जन्मदिने बाबुको काज किरिया बसेकी छिन् ।
डिले दमाइकी छोरी सरिता परियार आफ्नै जन्मदिने पिताको किरिया बसेकी हुन् । डिले दमाईको आईतवार ६५ बर्षको उमेरमा निधन भएपछि १७ बर्षिया उनकी छोरीले किरिया गरेकी हुन् ।

किरियामा रहेकी परियारलाई छोरीले काजकिरिया गर्दा राम्रो नहुने गाउँलेको भनाई भन्दा पनि जन्मदिने बाबुको काजकिरिया गर्न पाउँदा आफुलाई सौभाग्य ठानेको बताईन् ।

उनी सुकुम्बासी परिवार भएकोले उनका पिताको किरिया खर्च जुटाउन कठिन परेको स्थानीय दुर्गाबहादुर दर्जीले बताए । सरिताले १२ कक्षामा अध्ययन गरिरहेकी छिन् । उनका बाबुको उपचारार्थ गाउँलेले चन्दा उठाएर पोखरा हस्पिटल लगेका थिए ।

बाबुको अन्त्येष्टिपछि उनलाई बुढी आमा पाल्न र प्राण धान्न कठिन देखिएपछि उनले सहयोगको अपिल गरेकी छिन् । १० दिने किरियामा वसेकी उनलाई छोरीले किरिया बस्दा राम्रो नहुने गाउँलेको भनाईलाई पुरातनवादी पितृसतात्मक सोंचको उपज भएको बताउँछिन्

प्रतिक्रिया दिनुहोस्