राष्ट्रपति भण्डारीलाई भेट्न पाकिस्तानी प्रधानमन्त्री अब्बासी शितल निवासमा



काठमाडौँ । दुई दिने भ्रमणका लागि नेपाल आएका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेटवार्ता गर्दै छन ।

राष्ट्रपति भण्डारी र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच बिहान ९ः३० बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यलयका प्रवक्ता हरिप्रसाद दवाडीले जानकारी दिए ।

सोमबार नेपाल आइपुगेका अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन । भेटका अवसरमा अब्बासीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुन सक्रिय बनाउनुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्