ओस्कारमा सेप अफ वाटरलाई ४ अवार्ड



मेरिकाको क्यालिफोर्निया
अस्थित डोल्बी थिएटरमा ९०औं ओस्कार एकेडेमी अवार्ड सोमबार सम्पन्न भएको छ। ओस्कारको इतिहासमा पहिलोपटक ट्रान्सजेन्डर अभिनेतृ डेनियला वेगाले सञ्चालन गरेको अवार्ड समारोहमा फिल्म सेप अफ वाटरले उत्कृष्ट फिल्मसहित निर्देशक, ओरिजिनल स्कोर, प्रोडक्सन डिजाइन तथा सेट डिजाइन गरी सर्वाधिक ४ अवार्ड जितेको छ।

उत्कृष्ट अभिनेताको अवार्ड फिल्म डार्केस्ट आवरबाट गेरी ओल्डम्यानले चुमेका छन् भने यही फिल्मले मेकअप र हेयर स्टाइलको अवार्ड पनि जितेको छ। अभिनेतृको अवार्ड थ्री बिलबोर्डस आउटसाइड एबिङ मिसौरीबाट फ्रासेन्स म्याकडोरमेडले जितेको छ भने सम राकवेलले यसैबाट सहअभिनेता अवार्ड जितेको छ। सहअभिनेतृको अवार्ड भने आई टोन्याबाट एलिसन जेनीले जितेकी छिन्।


त्यसै गरी फिल्म डनकर्कले ध्वनि सम्पादन, ध्वनि मिश्रण र सम्पादन गरी तीन अवार्ड चुमेको छ भने ब्लेड रनरले छायांकन र भिजुअल इफेक्ट, कोकोले एनिमेटेड फिल्म र ओरिजिनल संगको, गेट आउटले ओरिजिनल स्क्रिन प्ले, कलमी बाई योर नेमले एडप्टेड स्क्रिनप्लेको अवार्ड पाएको छ।

त्यस्तै फिल्म इकारसले फिचर फिल्म, अ फ्यान्टास्टिक ओमनले विदेशी भाषा तथा द साइलेन्स चाइल्डले एक्सन सर्ट, डियर बास्केटबलले एनिमेटेड सर्ट फिल्म र हेभन इज द टेरिफिक जेम अन द ४०५ ले डकुमेन्ट्री सर्ट फिल्मको अवार्डलाई आफ्नो बनाएको छ। मो, प्यान्टम थ्रेडले कस्ट्युम डिजाइनको अवार्ड पाएको छ। यस अवार्ड समारोहमा मनोनयनमा परेका तर अवार्ड नजितेका कलाकार खाली हात जाँदैनन्। एक मार्केटिङ कम्पनीले उनीहरूलाई लाखौंको उपहार दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्