सक्षम विजेता



काठमाडौं, (नेस)
सक्षम बिक्रम शाह पाँचौं नेपाल जुनियर खुला लन टेनिस च्याम्पियनसिपअन्तर्गत ब्वाइज यु १० को उपाधि विजेता बनेका छन्। ललितपुर सातदोबाटोस्थित कोर्टमा सोमबार भएको फाइनल खेलमा सक्षमले राजवीर प्रधानलाई ६–४, ६–४ को सेटमा हराउँदै उपाधि जितेका हुन्। यस्तै यु १२ ब्वाइजतर्फ भने सक्षम सेमिफाइनलमै पराजित भए। उनलाई आरभ सम्राट हाडाले ६–१, ६–२ ले हराए। आरभले फाइनलमा प्रणव मानन्धरसँग उपाधिका लागि खेल्नेछन्। प्रणवले आयुष्मान घलेलाई ६–०, ६–१ ले पराजित गरेका थिए।

सोही उमेर समूहको गल्र्सतर्फ सुभाङीलक्ष्मी शाहले इभा अधिकारीलाई ६–३, ६–३ ले र अजा रेग्मीले आइशा डोल्कर गुरुङलाई ६–२, ६–४ ले हराउँदै फाइनलमा प्रवेश गरे। यु १४ ब्वाइज स्पर्धामा एभ्यक जोशीले प्रणवलाई ७–५, २–६, ६–३ ले र आर्यन गिरीले आरभलाई ७–५, ४–६, ६–१ ले पाखा लगाए।

सोही उमेर समूहको महिला स्पर्धाको फाइनलमा सलोनी तामांग र रायना शाहले स्थान पक्का गरेका छन्। सलोनीले ईशाश्री शाहलाई ६–४, ६–४ ले तथा रायनाले शर्भानी श्रेष्ठलाई ६–२, ६–२ सेटमा हराउन सफल भए।

प्रतिक्रिया दिनुहोस्