प्रशंसा बनिन् च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
प्रशंसा मोक्तान पाँचौं नेपाल जुनियर खुला लन टेनिस च्याम्पियनसिपअन्तर्गत अन्डर–१० गल्र्सतर्फको उपाधि विजेता बनेकी छन्।

ललितपुर सातदोबाटोस्थित लन टेनिस कोर्टमा आइतबार भएको फाइनलमा प्रशंसाले सुनिरा थापालाई ६–१, ६–३ ले हराउँदै च्याम्पियन बनेकी हुन्। यस्तै अन्डर–९ गल्र्सको फाइनलमा समृद्धि महर्जनले शिभाली ढकाललाई ४–२, ४–२ ले हराउँदै च्याम्पियन बनिन्। ब्वाइज अन्डर–९ स्पर्धामा भने निशाद जोशी च्याम्पियन बने। उनले फाइनलमा बोरिस अधिकारीलाई ५–३, ४–० ले हराएका हुन्।

यसैगरी अन्डर–१० को फाइनलमा सक्षम विक्रम शाह र राजवीर प्रधानले भेट पक्का गरेका छन्। आइतबार भएको फाइनलमा सक्षमले आयुष्मान घलेलाई ६–२, ६–३ ले तथा राजवीरले निशाद जोशीलाई ६–०, ६–२ ले पाखा लगाएका हुन्।

यस्तै सक्षम विक्रम राणा, आरभ सम्राट हाडा, आयुष्मान घले र प्रणव मानन्धर अन्डर–१२ ब्वाइजतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन्। गल्र्स अन्डर–१२ तर्फको सेमीफाइनलमा भने आइशा डोल्कर गुरुङ, आजा रेग्मी, ईभा अधिकारी र शुभांगी लक्ष्मी शाहले स्थान पक्का गरेका छन्

प्रतिक्रिया दिनुहोस्