पहिलो खेलमा जिम्बाम्बेसँग नेपाल ११६ रनले पराजित



काठमाडाैं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावे विरुद्धको खेलमा नेपाल ११६ रनले पराजित भएको छ।

जिम्बावेले दिएको ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनायो।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान सरद भेषवाकर र आरिफ शेखले अर्धशतक प्रहार गर्दै टिमलाई फराकिलो हारबाट बचाए। आरिफले ५९ बलमा ५ चौकासहित ५० रन बनाए।

शरद भेषावकरले पनि अर्धशतक प्रहार गरेका थिए। उनले ३७ ओभरको तेस्रो बलमा ५० रन पूरा गरेका हुन्। उनले ४३ बल खेल्दा ६ चौका र १ छक्का प्रहार गरेका छन्। शरद भेषावकर ५२ रनमा आउट भए।

नेपालले ओपनिङ ब्याट्सम्यान दिलीप नाथ २ रनमा आउट हुँदा कप्तान पारस खड्काले ४० रनको योगदान गरे। पारसले ३७ बल खेल्दा ८ चौका प्रहार गरेका थिए। दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे। ओपनर ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भए। उनले ५९ बलमा ३ चौका प्रहार गरे। नेपालका लागि रोहितकुमार पौडेलले ३० रनको योगदान गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रन जोडेको थियो।

प्रतिक्रिया दिनुहोस्