गोदावरी च्याम्पियन



काठमाडौं, (नेस)
आयोजक गोदावरी फिट्नेस एकेडेमी प्रथम गोदावरी नगरपालिका मेयर कप राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ। गोदावरीले ५ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो। गोदावरीको टौखेलस्थित किटिनी कलेजमा भएको प्रतियोगितामा चुनदेवी ४ स्वर्ण, २ रजत र २ कांस्यसाथ दोस्रो भयो। तेस्रो भएको ढल्कोले २ स्वर्ण र १ कांस्य हात पार्यो।

प्रतियोगिताको पुरुषमा चुनदेवीका कर्मा नोर्बु शेर्पा र महिलामा ढल्कोकी अन्जली राई उत्कृष्ट खेलाडी चुनिए। प्रतियोगिताको अन्तिम दिन पुरुष ३० केजीमुनिमा चुनदेवीका विराज कार्की, ४६ केजीमुनिमा कपनका सुशील भण्डारी, २४ केजीमुनिमा जीएफएका राहुल शाक्य तथा ५८ केजीमुनिमा ढल्कोका निश्चल महर्जनले स्वर्ण जिते। महिलातर्फ ३९ केजीमुनिमा चुनदेवीकी समता जिरेल, ४९ केजीमुनिमा ढल्कोकी अन्जली राई तथा ४६ केजीमुनिमा धनकुटाकी अनिश जिरेल पहिलो भए।

प्रतिक्रिया दिनुहोस्