भारत भ्रमणमा छवि बिगार्ने प्रयास भएको ट्रुडोको आरोप नयाँदिल्लीद्वारा अस्वीकार



टोरोन्टो (एजेन्सी)
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालैको आफ्नो भारत भ्रमणका क्रममा भारतको सरकारी तवरमा उनको छवि बिगार्ने प्रयास भएको दाबीलाई समर्थन गरेको छ। भारतले उक्त आरोपलाई ठाडै अस्वीकार गर्दै त्यसको खण्डन गरेको छ।

ट्रुडो केही दिनअगाडि भारत भ्रमणमा आउँदा साथमा जसपाल अटवाल पनि आएका थिए। भारतीय मूलका क्यानडाली नागरिक अटवालमाथि खालिस्तानको अभियानसँग सम्बन्धित रहेको आरोप छ।

अटवाल प्रतिबन्धित संगठन इन्टरनेसनल सिख युथ फेडरेसनका सदस्य हुन्। उक्त संस्थालाई सन् २००३ मा प्रतिबन्ध लगाइएको थियो। अटवालमाथि सन् १९८६ मा भ्यान्कुवर आइल्यान्डमा भारतको क्याबिनेट मन्त्री मलकियत सिंह सिंधुको हत्या प्रयास गरेको आरोप छ। त्यसैगरी अटवाल सन् १९८५ मा अटोमोबाइल घोटालामा दोषी पाइएको थियो।
5
मुम्बईको एक तस्वीरमा अटवाल प्रधानमन्त्री ट्रुडोकी पत्नी सोफी र क्यानडाका मन्त्री अमरजित सोढीसँग देखिएको थियो। त्यसपछि मात्रै उनी पनि ट्रुडोसँगै भारत आएको थाहा भयो। ट्रुडोका लागि राजधानीमा क्यानडाली उच्चायुक्तको तर्फबाट आयोजित रात्रीभोजमा पनि अटवाललाई निमन्त्रण दिइएको थियो। त्यसलाई लिएर विवाद भएपछि निमन्त्रणा फिर्ता लिइएको थियो।

उक्त विषयमा प्रश्न उठेपछि ट्रुडोले सञ्चार माध्यमका लागि पत्रकार सम्मेलनको आयोजना गराएका थिए। क्यानडाली सञ्चार माध्यमले अटवालको उपस्थितिपछाडि भारतका सुरक्षा एजेन्सीको हात रहेको राष्ट्रिय सुरक्षा सल्लाहकार डेनियल ज्याँले बताएको जनाएको छ। उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यस्ता विदेश सरकारको नजिक नहोस् भन्ने चाहेका छन्, जसले उनीहरुको दृष्टिमा भारतलाई एकजुट भएको हेर्न चाहँदैन।

यस मामिलामा भारतको विदेश मन्त्रालयका प्रवक्ताले भने– ‘क्यानडाको उच्चायुक्तको तर्फबाट जसपाल अटवाललाई लिएको निमन्त्रणाका बारेमा हामीले क्यानडाको संसद्मा हालै भएको चर्चा हेर्यौं। अटवालको कुनै पनि भोजमा उपस्थिति रहनु वा नरहनुमा भारत सरकार र उसको सुरक्षा एजेन्सीको कुनै सम्बन्ध छैन। यस प्रकारको तर्क आधारहीन छ र हामीलाई स्वीकार्य छैन।’

प्रतिक्रिया दिनुहोस्