छाउपडी प्रथावाट कर्णालीका ९७ प्रतिशत महिला प्रभावित



कालीवहादुर मल्ल, कालिकोट । कर्णाली क्षेत्रमा रहेका ९७ प्रतिशत महिलाहरु म्हिनावरी भएको समयमा छुटै छाउ कोठामा बस्ने गरेको पाइएको छ ।

एक्सन वक्र्स नेपाल भेरी वातारण बिशिष्टता समुहको सहजिकरणमा सञ्चालित कर्णाली छाउपडी प्रथा न्यूनीकरण परियोजनाले गरेको अनुसन्धानले कर्णालीमा छाउपडीको डरलाग्दो तथ्याङ्ग सार्वजनिक गरेको हो । कर्णालीका मुगु, जुम्ला र कालिकोटका २१ साविकका गाउँ विकास समितिमा गरेको अध्यायन अनुसार कुनै कुनै रुपमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्था पाइएको छ ।

कालिकोटको साविक खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका साबिक ७ गाविस र १६ वटा वडामा गरिएको अध्यायनमा डरलाग्दो तथ्याङ्ग सार्वजनिक गरेको छ ।

अहिले पनि समाजमा छाउपडी भएका महिलाहरुले पुरुष सदस्यलाई छुन गाईबस्तु, फलफुलका बोटहरु, बालीनाली छुन, घर तथा भान्सामा प्रवेश गर्न मन्दिर परिसरमा हिड्न धार्मिक तथा सामाजिक क्रियाकलापहरुमा भाग लिन सामान्य खाना खान, दुध तथा दुध जन्य पदार्थहरु खान पारिबारिक शौचालय, धारा प्रयोग गर्न बिद्यालय जान तथा अन्य ठाउँहरुमा जान गतिशिलता रहेको पाइएको भेरी वातारण बिशिष्टता समुह कालिकोट जिल्ला अधिकृत दमिला शाहीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्