उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न तयारः दक्षिण कोरिया



सोल, (एजेन्सी)
उत्तर कोरिया अमेरिकासँग वार्ताका लागि तयार भएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ। दक्षिण कोरियाको प्योङचाङमा शीतकालीन ओलम्पिकको समापन समारोह पूर्वउत्तर कोरियाली जनरल किम योंग चोल र दक्षिण केरियाली राष्ट्रपति मुन जेइ इनबीचको भेटवार्तापछि घोषणा गरिएको रोयटर्सले जनाएको छ।

उक्त समापन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का सहभागी हुन दक्षिण कोरिया पुगेकी छिन्। तर अमेरिकी अधिकारीले उनको र उत्तर कोरियाली प्रतिनिधिमण्डलबीच भेटघाटको सम्भावनालाई अस्वीकार गरेका छन्।

शीतकालीन ओलम्पिकको उद्घाटन समारोहका क्रममा उपराष्ट्रपति माइक पेन्ससँगको बैठकका लागि उत्तर कोरियाली अधिकारी वार्ताबाट हटेको अमेरिकाले जनाएको थियो।मुनको कार्यालयले उत्तर कोरिया अमेरिकासँग वार्ताका लागि अत्यन्त इच्छकु रहेको उल्लेख गरेको छ। राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरिया दक्षिण कोरियासँग वार्ता गर्न र अमेरिकासँग सम्बन्ध सुधार्नका लागि सहमत भएको छ।

यद्यपि उत्तर कोरियाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। तर पूर्वउत्तर कोरियाली अधिकारीले ऊ अमेरिकासँग बिनासर्त वार्ता गर्नका लागि तयार रहेको बताए। अमेरिकाले शुक्रबार उत्तर कोरिया र चीनसहित ६ देशमा दर्ता भएका २७ वटा पानीजहाज सेवा कम्पनी र २८ वटा जंगी जहाजमाथि प्रतिबन्ध लगाएको थियो।

उक्त प्रतिबन्दलाई लिएर किम जोंग उनले असन्तुष्टी व्यक्त गरेका थिए। उनले दक्षिण कोरियासँगको सुधारिएको सम्बन्ध बिगार्न त्यस्तो गरेको बताए। यसले युद्ध निम्त्याउन सक्ने उनले चेतावनी दिए। अमेरिकाले नयाँ प्रतिबन्द उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम रोक्नका लागि उठाइएको कदम भएको बताएको छ।चीनले उसको कम्पनीहरूमाथि लगाइएको ताजा प्रतिबन्ध अमेरिकाको एकतर्फी कारबाही भएको बताएको छ। चीनले त्यसलाई फिर्ता लिन पनि अपिल गरेको छ। चीनको विदेश मन्त्रालयले यसबाट दुई देशबीचको सहयोगमा कमी आउने जनाएको छ।

डोनाल्ड ट्रम्पले उत्तर कोरियाल र चीनमाथि प्रतिबन्ध लगाउने क्रममा त्यसबाट पनि कुनै असर नगरेमा ‘फेस टु अनुसारको कारबाही हुन सक्ने त्यो कडा र खतरनाक हुने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्