ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु



विमल विष्ट, डोटी
आईतबार बिहान कैलाशखोलाबाट ढुङ्गा लिएर आएको टयाक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन गाउपालिका ३ मुजाबगरमा ११ बजे बिहान से १ त ३१४८ नम्बरको ट्याक्टर दुर्घटना हुदा रामारोशन ७ का ३४ वर्षीय नरु भण्डारी र ६ का ३३ वर्षीया कलसी साउदको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी टयाक्टरचालक कैलाली घर भएका ४० वर्षीय कालीचरण चौधरी र रामारोसन ५ का ४० वर्षीय डम्मर बटाला घाईते भएका छन् ।

घाईतेहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्