गौरव र अनिश विजेता



काठमाडौं, (नेस)
नेपाल प्रहरीका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले आठौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि शनिबार जितेको छ।

भीमसेनगोलामा भएको फाइनलमा गौरव र अनिशको जोडीले आयोजक किङ कम स्पोर्ट्स क्लबका विकास राई र इन्द्र महताको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा पराजित गरे। देवीनगर क्लबका तुलसी पुरी र सफल सुब्बाको जोडी तेश्रो भए। उक्त जोडीले सुमन शाक्य र सनिल शाक्यको जोडीलाई २१–१८ र २१–१५ को सीधा सेटमा हराए। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्