भ्रुणहत्याविरुद्ध गीत र भिडियो



काठमाडौं, देशमा विद्यमान भ्रुण हत्याविरुद्ध आवाज उठाउँदै तयार पारिएको एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। १३ वर्षीया गायिका प्रेगिशा पौडेलद्वारा गाइएको नमार मलाई, नफाल मलाई बोलको गीतको म्युजिक भिडियोमा कुमारी अवस्थामै गर्भवती भएकी एउटी किशोरीको गर्भमा रहेको शिशुको बाँच्ने चाहना व्यक्त गरिएको छ।
लायन्स क्लब अफ काठमाडौं बूढानीलकण्ठद्वारा आयोजित एक समारोहमा निशान घिमिरेद्वारा निर्देशित म्युजिक भिडियो सार्वजनिक गरिएपछि गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले १२ वर्षअघि मातृ मृत्युदर घटाउने उद्देश्यले सरकारले सुरक्ष्ँित गर्भपतनको अवधारण ल्याए पनि नेपाली समाजमा लिंग पहिचान गरेर गर्भपतन गराउने परम्परा थालनी भएकोमा दुःख व्यक्त गरे।

गीतका शब्दहरु नील गुरुङले रचना गरेका हुन् भने यसमा महेश ज्ञवालीले संगीत दिएका छन्। रूपेशमान अमात्यद्वारा निर्मित यसको भिडियो वास्तविक घटनामा आधारित छ। म्युजिक भिडियोमा मोडल सृष्टि खड्काले कुमारी आमाको भूमिका निर्वाह गरेकी छन्। भिडियोमा अर्जुन आचार्य तथा सपना थापाले पनि अभिनय गरेका छन्। अर्जुन तिवारीले छायांकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्