भारतमा एमविविएस भर्ना गरीदिन्छु भन्दै लाखौ ठगी



काठमाडौँ । प्रहरीले भारतको बनारसमा एमबिबिएस कक्षामा भर्ना गरिदिने भन्दै लाखौ ठगि गर्दै हिड्ने एक नेपालीलाई पक्राउ गएको छ ।

विस्तृत घटना विवरण यस्तो छ

जिल्ला पर्सा विन्दबासिनी गाउँपालिका बअरुवाभाटा घर भई हाल ललितपुर धोविघाट स्थित डेरा गरी बस्ने वर्ष २९ को रमेश प्रसाद चौहानले भारतको बनारस स्थित बनारस हिन्दु युनिभर्सिटी अन्तर्गतको मेडिकल कलेजमा एमविविएस पढ्न भर्ना गराईदिन्छु भनी शैक्षिक योग्यताको प्रमाणपत्रहरु साथै रकम समेत लिई भर्ना नगरी ठगी गरेको भनी जिल्ला बर्दिया बढैयाताल गाउँपालिका–८ बस्ने वर्ष २१ को अंकित गुप्ताले यस महाशाखामा निवेदन दिएको हुँदा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निज रमेश प्रसाद चौहानलाई मिति २०७४।११।०९ गते ललितपुर धोबिघाटबाट पक्राउ गरी आवश्यक अनुसन्धानको लागि यस कार्यालयमा ल्याईएको हो ।

निज रमेश प्रसाद चौहान बागबजार स्थित कुवेर प्रसाद गुप्ताले संचालन गरेको जिपिसी एजुकेशन कन्सलटेन्सी मा कार्यरत रहेको । निजले पुतलीसडक स्थित भाईब्रेन्ट इन्सीच्यूट, नेम लगायतका एमविविएसको तयारी कक्षा संचालन गर्ने संस्थाहरुमा अध्ययनरत विभिन्न विद्यार्थीहरुको सम्पर्क नम्बर संकलन गरी उक्त कन्सल्टेन्सीबाट विद्यार्थीहरुलाई फोनद्वारा सम्पर्कमा ल्याई भारतका विभिन्न मेडिकल कलेजहरुमा सजिलै भर्ना गर्न सकिने प्रलोभन देखाई विश्वासमा पार्ने गरेको बुझिएको छ ।

पिडित अंकित गुप्तालाई जिपिसी एजुकेशन कन्सलटेन्सी बाटै फोन सम्पर्क गरी भारतको भाईब्रेन्ट इन्सीच्यूटमा भर्ना गराउन सकिन्छ, त्यसको लागि रु.३५ देखि ४० लाख भारतीय रुपिया लाग्छ भनी विश्वास दिलाएको ।

मिति २०७४ असोज ३ गते एमविविएसमा भर्नाको प्रकृया शुरु गर्ने भनी पिडितबाट रु. ८ लाख रकम लिएको देखिएको । पिडितले काम छिटो गरिदिन भनी रमेश प्रसाद चौहानलाई घच्घचाउँदा निजले भारतको विएचयु युनिभर्सिटी अन्तर्गतएमविविएस कोर्श पढ्न अंकित गुप्ता छनौट भएको भन्ने नक्कली भर्ना कागज पिडितलाई दिई बाँकी ३० लाख भारतीय रुपिया पिडितबाट माग गरेको खुल्न आएको देखीएको छ।

रमेश कुमार चौहानले पिडित अंकित गुप्तालाई एमविविएस पढ्न सजिलै भर्ना गराईदिने भनी प्रलोभनमा पारी रकम समेत लिई भर्ना नगरी ठगी गरेको बुझिन आएको हुँदा निजलाई थप अनुसन्धान एवं कारवाहीको लागि मिति २०७४।११।१० गते महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको छ । साथै निजले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको सम्बन्धमा यस महाशाखाबाट समेत आवश्यक अनुसन्धान

भईरहेको छ ।
बरामद दशीहरु
१। मोवायल थान –१
२। भारतको विदेश मन्त्रालय लेखिएको कागजातहरु
३। विभिन्न शैक्षिक संस्थाहरुको नक्कली भर्ना कागज
४। शैक्षिक संस्थाहरुको नक्कली छापहरु थान –२
५। नक्कली कागजातहरु तयार पार्न प्रयोग भएको ल्यापटप थान –१

कानूनी सजायको व्यवस्था
मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्