अध्यापकलाई हतियार दिनुपर्नेमा ट्रम्पको समर्थन



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दुकका कारण हुने हिंसाका विषयमा ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा स्कुलका लागि ‘बन्दुक मुक्त क्षेत्र’ अन्त्य गर्ने र अध्यापकलाई बन्दुकले सुस्सजित गर्नेमा समर्थन गरेको छ।

उनले भने– ‘हतियार सुसज्जित अध्यापकले हमलाई रोक्न सक्छ।’ ट्रम्पले गत हप्ता फ्लोरिडाको स्कुलमा गोली प्रहारपछि उक्त सुझाव दिएका थिए। उनले यसतो हमला पुन नदोहोरिन दिन अफिल गरेका थिए।

रिपब्लिकन राष्ट्रपतिले बन्दुक खरिद गर्नेहरूको पृष्ठभूमि सही ढंगले जाँच गर्ने अपिलको पनि समर्थन गरेका छन्। यसैबीच उक्त आक्रमणमा बचेकाहरू फ्लोरिडाका जन प्रतिनिधिहरूसँग मिले बन्दुक नियन्त्रणप्रति जनमत तयार गर्ने प्रयासमा लगोका छन्।

ट्रम्पले बुधबार आयोजित कार्यक्रममा उक्त हाई स्कुलका विद्यार्थीलाई पृष्ठभूमि जाँचलाई बडा पार्ने र नागरिकको मानसिक स्वास्थ्यमा जोड दिने बताए। उक्त सम्बोधनलाई टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

‘अब पहिलाको जस्तो कुरामात्र हुँदैन। धेरै लामो प्रक्रिया चलेको छ, कयौं घटना भइसकेका छन्, अब हामी यसको अन्त्य गर्नेछौं।’ –ट्रम्पले भने। अमेरिकी राष्ट्रपतिले बन्दुक राख्न पाउने अधिकार समर्थक समूह नेसनल राइफल एसोसिएसन (एनआरए)को प्रचारको पनि समर्थन गरेका छन्।

उनले अध्यापक र अन्य कर्मचारीलाई बन्दुकले सुसज्जित गर्ने मागलाई कडा समर्थन गरेका छन्। उनले भने– ‘यदि त्यस्ता अध्यापक छन्, जसले हतियार चलाउन जानेका छन् भने उनीहरू तत्काल आक्रमण रोक्न सक्षम हुन्छन्।’ ट्रम्पले अध्यापकलाई हतियार दिने योजना पनि विवादित छन्। उनले स्कुलमा बन्दुक मुक्त क्षेत्रको पनि आलोचना गरे। राष्टपतिले भने– ‘बन्दुक मुक्त क्षेत्र पागलपन हो। किनभने कायरहरू भन्छन्, भित्र गएर हमला गरौं।’

ट्रम्पले करिब ४० विद्यार्थी, अध्यापक र परिवार सदस्यका भावुक बनाउने कुरा सुने। ट्रम्पको उक्त बैठक पूर्वह्वाइट हाउसबाहिर वासिङ्टन डिसीको उपनगर इलाकाबाट आएका सयौं छात्रले र्याली निकालेका थिए।

प्रतिक्रिया दिनुहोस्