सरिफ पार्टी अध्यक्षका लागि पनि अयोग्य



इस्लामाबाद, (एजेन्सी)
पाकिस्तानको सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री नवाज सरिफलाई उ संस्थापक रहेको पार्टीको नेतृत्व पनि गर्न नपाउने फैसला दिएको छ। सरिफलाई सत्तारुढ पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का अध्यक्ष पदका लागि अयोग्य ठहर्याएको छ। सर्वोच्च अदालतले आफनो आदेशमा पार्टी अध्यक्ष रहेर नवाज सरीफले गरेका फैसलाहरू अमान्य हुने उल्लेख गरेको छ। गत जुलाईमा सर्बोच्च अदालतले सरिफलाई पानामा लिक्स मामिलामा दोषी ठहर्याएको थियो। त्यसपछि उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएका थिए। अदालतको फैसलापछि उनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।

प्रधानमन्त्री पदबाट हटेको भएपनि उनको पार्टीले नवाज सरीफलाई अध्यक्ष चुनेका थिए। तर अदालतको फैसलामा अयोग्यतालाई लिएर दिएको उसको पुर्व आदेशको अर्थ उनले पार्टीको नेतृत्व पनि गर्न नपाउने भन्ने रहेको उल्लेख गरेको छ।

सर्वोच्च अदालतले आफनो आदेशमा अध्यक्षका रूपमा सरिफको फैसला पनि अमान्य हुने उल्लेख गरेको छ। यसको अर्थ सरिफको तर्फबाट सिनेटका लागि पार्टी उम्मेदवारको जुन टिकट जारी गरेका थिए, त्यो पनि अमान्य हुनेछ।

यो फैसलाले अर्को महिना हुने सीनेटको चुनावलाई लिएर पनि अनिश्चितताको स्थिति बनेको छ।

पुर्व प्रधानमन्त्री सरिफले उनी विरुद्ध राजनितिक षडयन्त्र गरिएको दावी गरे। उनको पार्टीलाई तल्लो सदन नेसनल एसेम्बलीमा बहुमत हासिल रहेको र आगामी चुनावमा सीनेटमा पनि उनकै पार्टीको नियन्त्रण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्