किमप्रति आलोचनाको वर्षा



अमेरिकी रियालिटी टिभी स्टार किम कार्डसियन अक्सर आफ्नो बोल्ड लुक्स तथा प्रतिक्रियाको कारण चर्चामा आउने गर्छिन्।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्नो हर क्रियाकलापको तस्वीर सामाजिक सञ्जालमा साझा गर्छिन्। यसपटक पनि उनले यस्तै केही काम गरेकी छिन्, जसको कारण उनकी ४ वर्षीया छोरीले भने लज्जित हुनुपरेको छ।

उनले हालै आफ्नो सामाजिक सञ्जालमा अकाउन्टमा एक टपलेस फोटो शेयर गरेकी छन्। जसका कारण उनी ट्रोल भइरहेकी छिन्। यो फोटो उनको ४ वर्षीया छोरी नर्थले क्लिक गरेकी हुन्। फोटोमा टपलेस देखिइएकी उनको फोटोमा छोरी नर्थ वेस्ट पनि देखिइएकी छन्। तर, फ्ल्यास लाइटका कारण नर्थको अनुहार भने प्रस्ट देखिइएको छैन।

यो फोटो आफ्नो इन्स्टाग्राममा शेयर गर्दै क्याप्सन लेखिएको छ– ‘यो फोटो नर्थले लिएकी हुन्।’ यो फोटोलाई हालसम्म २७ लाखभन्दा बढी लाइक आइसकेको छ भने ४४ हजारभन्दा बढी मानिसले कमेन्ट गरेका छन्।

यस फोटोमा उनले विभिन्न प्रकारका प्रतिक्रिया पाइरहेकी छिन्। केही मानिस उनीप्रति रिस पोखिरहेका छन् भने कतिपयले यसलाई चाइल्ड याब्युजको आरोप पनि लगाएका छन्। केहिले किमको पब्लिसिटी कमाउने यो सबैभन्दा घटिया काम भएको र बढ्दै गएको बच्चालाई उनले गलत सन्देश दिइरहेकी पनि भनेका छन्।

प्रतिक्रिया दिनुहोस्