दुष्टिबिहीन बिद्यार्थीलाई कम्प्युटर सहयोग



पर्वत । पर्वतको कुस्माबजारमा सञ्चालित शिबालय माबि दृष्टिबिहीन स्रोत कक्षमा अध्ययनरत बिद्यार्थीलाई कम्प्युटर सहयोग गरिएको छ ।

दृष्टिबिहीन सहयोग केन्द्र नेपाल र नबिल फाउण्डेसनको सहयोगमा दृष्टिबिहीन बिद्यार्थीलाई कम्प्युर सहयोग गरिएको हो ।
स्रोत केन्द्रका लागि २ थान ब्रान्डेड कम्प्युटर प्रतिनिधीसभाका सदस्य पदम गिरी र दृष्टिबिहीन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीले हस्तान्तरण गरे । सहयोग गरिएका कम्प्युटर दृष्टिबिहीन मैत्री छ ।

कम्प्युटर सहयोग संगै त्यहाँ अध्ययनरत २१ बिद्यार्थीले पठन सामाग्री देखि देश बिदेशका जानकारी सजिलै पाइने बिश्वास दृष्टिबिहीन बिद्यार्थीले गरेका छन ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य पदम गिरीले अपाङ्ग ऐनलाई लागु गराउन बिशेष पहल गर्ने आश्वासन दिए । उनले समाजमा पछि परेको अपाङ्ग बर्गका लागि आवश्यक पर्ने भौतिक र तथा शैक्षिक बिकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । दृष्टिबिहीन सहयोग केन्द्रका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्री  थप कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गर्ने र छात्राबासमा तला थप्ने पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्