गुण्डा नाईके मनोज पुनको गुण्डागर्दी दुनियाँ: सुकुम्बासी बस्तीबाट अन्डरवर्ल्डसम्म



काठमाडौ । भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाएका गुण्डा हुन् मनोज पुन । असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा निर्माण व्यवसायी शरद गौचनमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले रुपन्देहीका ब्यवसायीलाई फोन गरेर ‘गौचनलाई मेरो केटाहरुले गोली हानेको हो, तिमीहरु पनि बिचार गर्नु १’ भनेर फोन गरेर धम्की दिएका थिए ।

२०७३ पुस पहिलो साता रुपन्देहीका दुर्गा तिवारी र गत पुस २१ गते रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनि मनोज पुनकै हात रहेको खुलेपछि उनी केन्द्रिय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचिमा थिए । आज विहान मनोज र उनका सहयोगी सोम आलेलाई प्रहरीले रुपन्देहीको देवदहमा इन्काउन्टर गरेको थियो ।

प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले मारिएका छन् । बिहान साढे ३ बजे रुपन्देहीको देवदहमा प्रहरीसँग भएको मुडभेडमा उनीहरु मारिएका हुन् । प्रहरीसँगको मुठभेडमा घाइते भएका दुबैको लुम्बीनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले न्यूज अफ नेपाललाई जानकारी दिएको थियो । न्यूज अफ नेपालले सबै भन्दा पहिले मनोज पुन ईन्काउन्टरको समाचार प्रकाशित गरेको थियो ।

यी हुन् मनोज ?
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा एमालेकै कार्यकर्ता थिए ।

सुरुमा माओवादी कार्यकर्ता रहेका उनी केही समय युवा संघमा प्रवेश गरेका थिए । युवा संघमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै युवा संघले करिब ५ महिनामै कारवाही गरेर उनलाई निकालेपछि रिसिवि फेर्न यसरी हत्या गरेको हुनसक्ने त्यतिबेला अनुमान गरिएको थियो।

देवदह नपा ६ का बर्ष २९ को मनोज पुन भन्ने मनोज बुढा मगरको समुहले पछिल्ला वर्षहरुमा चन्दा आंतक मच्चाउदै आएको थियो । मनोज यी हत्या भन्दा अगाडि संगठित अपराध, हातहतियार खर खजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका ब्यक्ति हुन ।

गत वर्ष २०७३ पुस ४ गते भएको एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो । त्यसअघि ०७२ चैत ६ गते पनि दुर्गालाई २ वटा गोलि प्रहार गरिएकोमा उनी बचेका थिए ।

त्यतिबेला पनि मनोजकै संलग्नतामा घट्ना घटेको थियो र त्यसको करिब एक वर्ष पछि उसैको संलग्नतामा हत्या भएको प्रहरीले जनाएको थियो ।

रूपन्देहीको देवदह नगरपालिका वडा नं–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ बाटोमा अपरान्ह गोली प्रहारबाट घाइते भएका तिवारीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । पुनको समूहले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको समेत जिम्मा लिएका थिए ।

२०७३ चैत २९ गते काठमाडौंको कुमारीगालमा गुण्डा नाईके दावा लामालाई गोली हान्नासाथ काठमाडौं प्रहरी प्रमुखलाई फोन गरेर जिम्मा लिने ‘लोप्साङ लामा’ मनोज पुनको ‘दायाँ हात’ भएको बताईएको छ । तिनै लोप्साङ हुन् जसले गौचनलाई गोली लागेको केही मिनेटमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकलाई फोन गरेर ‘गोली हान्ने मै हुँ’ भनेका थिए ।

सिन्धुपाल्चोक स्थायी घर भएका लोप्साङ लामा मनोज पुनको दायाँ हाते ब्याट्म्यान थिए, जसले २०७३ पुस पहिलो साता युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई मनोज पुनको निर्देशनमा गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यतिवेला रुपन्देही प्रहरीले मनोेज पुनको निर्देशनमा लोप्साङले गोली हानेको निष्कर्ष निकाल्दै अहिले पनि दुवैलाई खोजिरहेको थियो । उनीहरु दुवैजना भारतमा लुकेर बसिहरेका थिए ।

दुर्गा तिवारी पछि काठमाडौंको गौरिघाटस्थित दावा लामामाथि गोली प्रहार भएको केही मिनेटमै लोप्साङले अन्नोन नम्बरबाट तत्कालीन एसएसपी छविलाल जोशिलाई फोन गरेर भने, ‘दावालाई गोली हान्ने मै हुँ ।’ लोप्साङ त्यतिन्जेल मनोज पुनकै ग्याङ्गको सदस्य थिए ।

भारतमा बस्दा मनोजले अन्डरवल्र्ड डनहरुसँग राम्रो सम्वन्ध बनाईसकेका थिए । छोटा राजन वा दाउद ईब्राहिम कसको निकटमा रहेको मनोजले काम गरिरहेका छन् भन्नेबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

पछिल्लो समय ‘एक नम्बर गुण्डा’को रुपमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सुचिमा रहेका पुन इन्काउन्टरमा मारिएसँगै डन भन्नेहरुको आङमा काँडा उम्रेका छन ।

प्रतिक्रिया दिनुहोस्